ad ad

समाज


न्यूरोडको फोटो कन्सर्न नक्कली लाईसेन्स काण्डमा मुछियो, चार कर्मचारी पक्राउ

न्यूरोडको फोटो कन्सर्न नक्कली लाईसेन्स काण्डमा मुछियो, चार कर्मचारी पक्राउ

नेपालखबर
पुस १६, २०७६ बुधबार ११:७,

नेपालकै सबैभन्दा पुरानो तथा प्रतिष्ठित फोटो कन्सर्न सरकारी छाप किर्ते दस्तखत मुद्दामा तानिएको छ। न्यूरोडमा रहेको फोटो कन्सर्नमा नक्कली स्मार्ट लाईसेन्स, सरकारी परिचयपत्र र शैक्षिक प्रमाणपत्र प्रिन्ट हुने गरेको आरोपमा प्रहरीले त्यहाँ कार्यरत ४ कर्मचारीलाई पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखा र महानगरीय ट्राफिक प्रहरीको संयुक्त कारबाहीमा फोटो कन्सर्नका फोटो ग्राफर कुमार तण्डुकार, सेल्स अफिसर अनन्ता गुरुङ, प्रिन्टर तथा मार्केटिङको काम गर्ने अशोक कार्की र क्यासियर मोहन यादबलाई हिरासतमा लिएको हो।

महाशाखाका एसपी ह्दिय थापाले अनुसन्धानकक्रममा फोटो कन्सर्नको संलग्नता देखिएपछि कर्मचारीहरुलाई नियन्त्रणमा लिएको बताए। उनले यसको बिस्तृत अनुसन्धानपछि थप ब्यक्तिहरु प्रहरी कारबाहीमा आउने नेपालखबरलाई बताए।

महाशाखाका अनुसार मंगलबार अनुसन्धानका क्रममा पुतलीसडकबाट दिपक ब्लोनलाई ०२०६००४४३३९७ नम्बरको नक्कली स्मार्ट लाईसेन्स सहित नियन्त्रणमा लिएपछि यो सञ्जालमा फोटो कन्सर्न जोडिएको हो। महाशाखाको टोलीले ब्लोनसँगको सोधपुछमा उनले बल्खुमा रहेको शुबास भन्ने बुद्धि बहादुर रोक्कासँग ३० हजारमा खरिद गरेको बताएका थिए।

आशिष स्टुडियोबाट डिजाईनिङ गरी काठमाडौंको न्युरोडमा रहेको फोटो कन्सर्नबाट नक्कली स्मार्ट लाईसेन्स बनाई लिने गरेको र फोटो कन्सर्नले बिभिन्न ब्यक्तिहरुको सरकारी लिखतहरु डिजाईनिङ गरी प्रिन्ट गरी बिक्री गर्ने गरेको भन्ने खुलेको थियो।

प्रहरीले आशिष स्टुडियोका सञ्चालक सुवाष भन्ने बुद्धि बहादुर रोक्कालाई दिपक ब्लोनको नामको स्मार्ट लाईसेन्स, बिभिन्न ब्यक्तिहरुको सवारी चालक अनुमति पत्र, नागरिकताका प्रमाणपत्रहरु, भारत सरकारको आधार कार्ड सहित पक्राउ गरेको छ।

यस्तै न्युरोडमा रहेको फोटो कन्सर्नमा खानतलासी गर्दा लक्ष्मण झाक्रीको नामको सवारी चालक अनुमतिपत्र, निजकै नामको सशस्त्र प्रहरी जवानको परिचय पत्र, बिभिन्न कलेजहरुको परिचयपत्रहरुको प्रिन्ट, सिपियु , कटर मेसिन, प्रिन्टर, हार्डड्राईभ सर्बर सेमत फेला पारी बरामद गरेर थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .