ad ad

राजनीति


शेखरको आरोप : देउवाले नैतिक बल गुमाइसके

शेखरको आरोप : देउवाले नैतिक बल गुमाइसके

नेपालखबर
पुस १६, २०७६ बुधबार ११:१९,

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र सन्तुलन मिलाउन नसकेको भन्दै सभापति शेरबहादुर देउवाको कडा आलोचना गरेका छन्।

४४औं राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा कांग्रेस मोरङले बयरबनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेसभित्रको समस्याको जड नै सभापति देउवा भएको आरोप लगाए

नेता कोइरालाले सहमतिबाट महाधिवेशनको कार्यतालिका बनाउन र गुटको राजनीति त्यागेर सिंगो पार्टीको सभापति बन्न आग्रह देउवालाई आग्रह समेत गरे।

उनले पार्टीभित्र मात्रै नभई संसदमा समेत देउवाले राम्रो भूमिका खेल्न नसकेको बताए। ‘सभापति देउवाले नैतिक बल गुमाउँदा वाइडबडी र यति होल्डिङ्स जस्ता जघन्य भ्रष्ट्राचारका मुद्दामा प्रतिपक्षको आवाज कमजोर भयो’, उनले भने, ‘प्रतिपक्षले कडा बिरोध गर्न नसक्दा सरकार हौसियो।’

नेता कोइरालाले बहुमतको आधारमा महाधिवेशनको मिति तोकिनु दुर्भाग्य भएको भन्दै कांग्रेस पार्टीको ईतिहासमा यस्तो कहिल्यै नभएको बताए। उनले सभापतिकै कारण भातृसंगठन लथालिंग भएको आरोप लगाए। उनले आफू पार्टी मजबुत बनाउॅने अभियानमा लागेकाले कसैसॅग आग्रह र पूर्वाग्रह नराखेको स्पष्ट पारे।

 नेता कोइरालाले कम्युनिस्हरुको उग्रराष्ट्रवादले मुलूकको राष्ट्रियता कमजोर बनेको बताए। ‘उग्र राष्ट्रवाद कांग्रेसलाई स्वीकार्य छैन’, उनले भने।

नेता कोइरालाले बीपी कोइराला प्रजातन्त्रका लागि मेलमिलापको नीति लिएर फर्के पनि राजासँग भनजे लडिरहेको बताए।

‘२०३३ सालमा बीपी कोइराला मेलमिलापको नीति लिएर नेपाल फर्कॅदा जस्तो अवस्था थियो अहिले पनी राष्ट्रियता र प्रजातन्त्रको अवस्था उस्तै छ’, कोइरालाले भने, ‘त्यतीबेला राजा राष्ट्रियताका प्रतीक थिए त्यसैले बीपीले राष्ट्रियताको सवालमा मेरो र राजाको घॉटी जोडिएको छ भन्नुएको थियो। र प्रजातन्त्रको सवालमा जनतासॅग छु भन्नुभयो। प्रजातन्त्रको सवालमा जीवन भर राजासॅग लडिरहनुभयो तर सम्झौता गर्नुभएन।’

वर्तमान सरकारले ‘नियन्त्रित प्रजातन्त्र’मार्फत मुलुकलाई एकदलीय ब्यवस्थामा लैजान लागिपरेको उनको आरोप थियो।

नेता कोइरालाले पछिल्ला दिनमा बढेको राष्ट्रपतिको सक्रियताप्रति आलोचना गरे। ‘संवैधानिक राष्ट्रपतिले पदीय मर्यादा र गरिमा भुलेर दलीय कार्यकर्ताले जस्तो सक्रिय भूमिका देखाउन थालेकाले बिभिन्न शंका उपशंका सिर्जना भएका छन्’ उनले भने। सरकारले यति होल्डिङ्स लगायत केही सिमित ब्यावसायीहरुलाई पक्षपोषण गरेर राष्ट्रिय सम्पतीमाथि अतिक्रमण गरिरहेको समेत उनले आरोप लगाए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .