समाज


प्रधानमन्त्रीलाई राष्ट्रिय युवा परिषदको वार्षिक प्रतिवेदन

प्रधानमन्त्रीलाई राष्ट्रिय युवा परिषदको वार्षिक प्रतिवेदन

नेपालखबर
फागुन १७, २०७९ बुधबार १७:११, काठमाडौँ

राष्ट्रिय युवा परिषदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई वार्षिक प्रतिवेदन बुझाएको छ। 

परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रतिवेदन बुझाएका हुन्। 

२४२ पृष्ठको प्रतिवेदनमा परिषदले आर्थिक वर्ष  ०७८ /०७९ मा गरेका काम र गतिविधि समेटिएको छ। 

राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा २४ को उपदफा २ वमोजिम वार्षिक रिपोर्ट वुझाइएको बस्नेतले बताए।

प्रतिवेदनमा परिषद्ले वर्षभरिमा युवा उद्यमशीलता , स्वयंसेवक विकास तथा परिचालन , प्रतिभा पहिचान तथा प्रोत्साहन, सहुलियतपूर्ण कर्जा सहजीकरण र वित्तीय साक्षरता लगायतका कार्यक्रम समेटिएका छन्। 

त्यसैगरी विज्ञान तथा प्रविधि प्रवर्द्धन, नवप्रवर्तन तथा इन्कुवेसन, नेतृत्व विकास कार्यक्रम, नमुना युवा  संसद अभ्यास, विद्यालय उद्यम कार्यक्रम लगायतका कार्यक्रम प्रतिवेदनमा समेटिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad