समाज


नेपाल स्नेही काखले गर्‍यो कलाकार बीएस राणाकी पत्नी र छोरीको उद्धार

नेपाल स्नेही काखले गर्‍यो कलाकार बीएस राणाकी पत्नी र छोरीको उद्धार

नेपालखबर
फागुन १६, २०७९ मंगलबार १५:४०, काठमाडौँ

लामो समयदेखि मानसिक समस्याका कारण दयनीय अवस्थामा पुगेका कलाकार बीएस राणाकी पत्नी र छाेरीको नेपाल स्नेही काख नामक संस्थाले उद्धार गरेको छ।

 स्नेही काखले मानसिक समस्याबाट पीडित बनेका आमाछोरीको सोमबार गोलढुंगाबाट उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरेको छ।

उनकी पत्नी हनी राणा र कान्छी छोरी आरतीमा मानसिक समस्या देखिएको थियो।

अभिनेता राणाकी कान्छी छोरी सानैदेखि सुस्त मनस्थितीकी थिइन् भने श्रीमती राणाको मृत्युपछि डिप्रेसनमा पुगेकी हुन्। 

केही दिन पहिला अभिनेता राणाको परिवारको आर्थिक अवस्था निकै कमजोर भएर उपचारसम्म नपाएका उनीहरुको भिडियो टिकटकबाट सार्वजनिक भएपछि कलाकार आशा खड्काले पनि भेटेर ५० हजार रुपौयाँ सहयोग गरेकी थिइन्।

अभिनेता राणाले बसन्ती, बलिदानजस्ता चर्चित फिल्म खेलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad