काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सोमबार सञ्चालन गरेको सडक सुरक्षा सचेतता कार्यक्रममा ६८२ जना चालकहरू सहभागी भएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले ‘सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतता अभिवृद्धि गर्न चेतनामूलक कार्यक्रम गरिएको’ बताएका छन्।
ट्राफिक प्रहरी कार्यालयमै बोलाएर कार्यक्रम गर्दा चालकको समय अभाव हुने भएकाले समय अभावलाई मध्येनजर गरी ‘अन द स्पट’ चेतनामूलक कार्यक्रम गरिएको पनि उनले बताए।
सोमबार गरिएको कार्यक्रममा नयाँबसपार्क क्षेत्रमा १५० जना,बौद्दमा ११९ जना,नागढुङ्गामा ९२ जना, न्युरोडमा ७० जना, सुकेधारामा ६० जना, सोह्रखुट्टे र स्वयम्भूमा ५०र५० जना, कपनमा ३० जना, बुढानिलकण्ठमा २५ जना, कीर्तिपुरमा २२, काँडाघारीमा ९ जना, थानकोटमा ३ जनार भैंसेपाटी क्षेत्रमा २ जना गरी काठमाडौं उपत्यकामा ६८२ जना चालकहरूलाई ट्राफिक नियम र सडक सुरक्षाका बारेमा जानकारी गराइएको थियो।
कार्यक्रममा चालकलाई मापसे, लापसे र ढोका खुल्ला गरी सवारी चलाउँदा हुने दुर्घटना र त्यसबाट हुने धनजनको क्षतिका विषयमा जानकारी गराइएको थियो। यस्तै, तीब्र गति, आरक्षण सिट, रातो बत्ती, फुटपाथ पार्किङ, सडक लेन लगायतका विविध ट्राफिक नियम तथा कानूनका बारेमा पनि सजग गराइएको थियो।
Shares

प्रतिक्रिया