ad ad

छापा खबर


नेपालको पानीजहाज सपना अधुरै

नेपालको पानीजहाज सपना अधुरै

नेपालखबर
पुस १६, २०७६ बुधबार १:१५,

गोकर्ण फरेस्ट रिसोर्टअन्तर्गतका सम्पूर्ण संरचना यती होल्डिंग्सलाई दिन रातारात कानुन परिवर्तन गर्न सक्ने सरकारले पानीजहाज सञ्चालन गर्न अत्यावश्यक नियमावली भने अझै बनाउन सकेको छैन ।

नियमावली अभावकै कारण पानीजहाज सञ्चालनमा भएको करोडौँ रुपैयाँको लगानी जोखिममा पर्ने देखिएको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

नारायणी र सप्तकोसी नदीमा पानीजहाज सञ्चालन गर्न भन्दै निजी क्षेत्रले लगानी गरिसकेको छ । नारायणी नदीमा राइनो वाटर इन्टरटेनमेन्टले १५ करोड रुपैयाँ लगानी गरेर पानीजहाज बनाइसकेको छ ।

सप्तकोसीमा बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिले तीन करोड रुपैयाँका लगानीमा ‘जेट–बोट’ सञ्चालनमा ल्याइसकेको छ । तर, दुवै नदीमा सञ्चालन हुने पानीजहाज यातायात नभई पर्यटन प्रयोजनमा सञ्चालन हुने गरी दर्ता भएका छन् ।

 नियमावली अभावकै कारण जहाज यातायात प्रयोजनमा चलाउन नसकिएको राइनोका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले बताए ।

‘भारतबाट प्रविधि ल्याएर पानीजहाज बनाइयो । १५ करोड लगानी भइसक्यो । लगानी बढेर अझै २५ करोड पुग्ने निश्चित छ । तर, हामीले यसलाई यातायात प्रयोजनमा चलाउन नसक्ने भयौँ । किनकि, हामीसँग न ऐन छ, न नियमावली नै ।’

राइनोका अनुसार नियमावली नहुँदा पानीजहाजको विवरण खुल्ने गरी ‘नम्बरप्लेट’ राख्न सकिएको छैन । जहाज चलाउन पाइलटको आवश्यकता पर्छ । तर, नेपालको कुनै पनि कानुनले पानीजहाजको पाइलट चिन्दैन ।

जहाज चलाउन रुट निर्धारण, भाडादर, यात्रुको बिमालगायतका विविध पक्ष नियमावलीअनुसार नै हुने हुन् । तर, नियमावली नहुँदा सम्पूर्ण पक्ष प्रभावित बन्न पुगेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .