समाज


१५ लाख बुस्टर डोज खोप प्राप्त, प्राथमिकताका आधारमा लगाउन सुरु

१५ लाख बुस्टर डोज खोप प्राप्त, प्राथमिकताका आधारमा लगाउन सुरु

नेपालखबर
फागुन ११, २०७९ बिहिबार १६:५३, काठमाडौँ

कोरोना भाइरस संक्रममणविरुद्ध १५ लाख बुस्टर डोज खोप प्राप्त भएको छ। 

सरकारले सो खोप ५५ वर्ष माथिको उमेर समूह, प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुलाई लगाउने भएको छ। 

‘खोपका लागि ग्लोवल एलायन्स’ (गाभी) ले कोभ्याक्समार्फत जर्मन सरकारले नेपाललाई उपलब्ध गराएको सो खोप सोमबार नेपाल आएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीले पछिल्लो समय कोभिड १९ विरुद्धको १५ लाख डोज खोप उपलब्ध भएको र प्राथमिकताका आधारमा लगाउने कार्य शुरु भएको पनि बताए। 

उनले पहिलो मात्रा खोप नलगाएको व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राख्ने र बुस्टर डोज लगाउन बाँकी नागरिकलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्था मिलाएको बताए।

सहायक प्रवक्ता अधिकारीले सम्बन्धित खोप केन्द्रहरुमा उपलब्ध हुनेगरी समन्वय गरिसकेको उल्लेख गर्दै खोपहरु उपलब्ध भइसकेको खोप केन्द्रबाट खोप सञ्चालन हुनेगरी काम शुरु भइसकेको बताए।

उनले नागरिकले आफ्नो परिचय खुल्ने कागजात लिएर खोपकेन्द्र गए सहजै खोप लगाउन सक्ने बताए। उनले खोप लगाउन बाँकी र बुस्टर डोज लगाउन बाँकी नागरिकहरुलाई खोप लगाइदिन आग्रहसमेत गरे। आजबाट काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फाइजरको बुस्टर डोज लगाउन शुरु गरिएको छ। 

सहायक प्रवक्ता अधिकारीले अहिले नेपालमा आएको कोरोनाविरुद्धको खोप पहिला भएको संक्रमण र अहिले फैलिरहेको संक्रमण दुवैको हिसावले प्रयोग गर्न मिल्ने बताए। उनले यो खोप विगतमा जुनसुकै खोप लगाएको भएपनि बुस्टरमात्राका रुपमा लगाउन मिल्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad