ad ad

समाज


आजदेखि यी १५ जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान

आजदेखि यी १५ जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान

नेपालखबर
फागुन ११, २०७९ बिहिबार ७:५९, काठमाडौँ

सरकारले आज (फागुन ११ गते) हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु गर्दै छ। 

हात्तीपाइले रोग देखिएका १५ जिल्लामा सरकारले औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागेको हो।  

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरिनेछ। 

फागुन ११ (आज) देखि २५ गतेसम्ममा ८४ लाख ९८ हजार ५ सय १ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको डा. दाहालले जानकारी दिएका छन्।  

सरकारले सन् २००३ देखि ६४ जिल्लामा हात्तीपाइलेविरुद्धको आम औषधि अभियान सञ्चालन गरेको थियो। तीमध्ये ४८ जिल्लामा बिरामी फेला नपरेकाले तिनमा औषधि खुवाउन बन्द गरिसकेको महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले जानकारी दिए।

नेपालमा अझै पनि हात्तीपाइले रोग आम समस्याका रूपमा छ। नेपालमा जनस्वास्थ्य समस्याका रूपमा रहेको हात्तीपाइले रोग सरकारले सन् २०२० मै निवारण गर्ने लक्ष्य लिएको थियो। तर नसकेपछि सन् २०३० सम्मको समय थपेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .