ad ad

समाज


कांग्रेस नेता चन्द्र भण्डारीलाई खाना खुवाउन थालियो

कांग्रेस नेता चन्द्र भण्डारीलाई खाना खुवाउन थालियो

फाइल।


नेपालखबर
फागुन १०, २०७९ बुधबार ११:३४, काठमाडौँ

ग्यास विस्फोटमा घाइते भई उपचारका लागि भारत लगिएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई आजदेखि मुखबाट खाना खुवाउन सुरु गरिएको छ।

उनको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ। 

हिजोसम्म पाइपवाट खाना खुवाइएको थियो तर आजदेखि भने मुखबाट खाना (ओरल फुडिङ्ग)  खुवाउन सुरु गरिने भएको मुम्बईमा सँगै रहेका कांग्रेस कार्यकर्ता माधव न्यौपानेले जानकारी दिए।

भण्डारीले दोहोरो संवाद गरिरहेको न्यौपानेले बताएका छन्। भण्डारीले सबै कुराको जानकारी आफैं लिन थालेका छन्। 

भेन्टिलेटर हटाएर नर्मल मास्कबाट न्युनरुपमा अक्सिजन दिइएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .