नेपाली सेनाका पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल अस्पतालबाट डिस्चार्ज भएका छन्।
सैनिक अस्पताल छाउनीमा २० दिनअघि भर्ना भएका कट्वाल आइतबार डिस्चार्ज भएर घर फर्किएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
दुवै मिर्गौला फेल भएपछि हरेक मंगलबार र शुक्रबार डाइलसिस गराउँदै थिए। कटवालको स्वास्थ्यमा थप समस्या देखिएपछि माघ १७ गते छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको थियो। सुरुमा उनलाई आईसीयूमा राखिएको थियो।
पल्मनेरी ह्यामरेज भएपछि आईसीयूमा राखिएका कटवाल स्वास्थ्यमा सुधार आएपछि जनरल वार्डमा सारिएको थियो।
कटवाल २०६३ भदौ २४ गतेदेखि नेपाली सेनाको प्रधानसेनापति भएका थिए। २०६६ वैशाख २० गते तत्कालिन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कटवाललाई हटाएर कुलबहादुर खड्कालाई प्रधानसेनापति बनाउने निर्णय गरेका थिए।
तर राष्ट्रपति रामबरण यादवले कटवाललाई नै निरन्तर काम गर्न पत्र दिएपछि प्रचण्डले राजीनामा दिएका थिए। जुन घटनाका कारण कटवाल चर्चामा आएका थिए।
Shares

प्रतिक्रिया