ad ad

समाज


प्रदेश १ मा हिउँ पर्ने सम्भावना

प्रदेश १ मा हिउँ पर्ने सम्भावना

फाइल तस्बिर


नेपालखबर
फागुन ५, २०७९ शुक्रबार ७:३५, काठमाडौँ

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (शुक्रबार बिहान) सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली (आकाशमा थोरै बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा छ। 

महाशाखाका अनुसार दिउँसो प्रदेश नं १ का पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) तथा बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार राति देशको पहाडी भेगमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले आगामी २४ घण्टा (शनिबार बिहान ६ बजेसम्म) का  लागि  चेतावनी  तथा  परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको र तराईका थोरै भूभागमा बिहानी पख हुस्सुरकुहिरो लाग्ने सम्भावना छ। मौसम सूचना तथा पूर्वानुमान अद्यावधिक रहनु हुन अनुरोध छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .