ad ad

समाज


चन्द्र भण्डारीको सचिवालयले भन्यो– आईसीयूमा उपचार भइरहेको छ, नयाँ अपडेट छैन

चन्द्र भण्डारीको सचिवालयले भन्यो– आईसीयूमा उपचार भइरहेको छ, नयाँ अपडेट छैन

फाइल तस्बिर : चन्द्र भडारी रआमा हरिकला भण्डारी।


नेपालखबर
फागुन ४, २०७९ बिहिबार ८:४५, काठमाडौँ

प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. भन्द्र भण्डारी र आमा हरिकला भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। भण्डारीको सचिवालयका अनुसार अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ। 

गएराति घरमा ग्यास सिलिण्डर पड्किँदा घाइते भएका भण्डारी र आमाको स्वास्थ्यवस्थाबारे अस्पताल स्रोतबाट कुनै नयाँ अपडेट नआएको स्वकिय सचिव भुवन भुसालले जानकारी दिएका छन्। 

‘अहिले माननीय डा. चन्द्र भण्डारी र माता हरिकला भण्डारीको आइसीयूमा चेकजाँच एवं उपचारको काम भैरहेको छ। अस्पताल श्रोतबाट थप नयाँ अपडेट केही आएको छैन,’ उनले भनेका छन्, ‘८ बजे पछाडी विज्ञ डाक्टरहरुको चेकजाँच र थप परामर्शमा अन्य कुरा थाहा हुनेछ।’

अस्पतालका डाक्टरहरुका अनुसार डा. भण्डारीको शरीरको करिब २५ प्रतिशत र आमाको शरीरको करिब ७० भागमा जलेर असर गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .