ad ad

समाज


भक्तपुरमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु

भक्तपुरमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु

सांकेतिक तस्बिर


नेपालखबर
माघ २७, २०७९ शुक्रबार २१:२५, काठमाडौँ

भक्तपुरमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्लाका छुट्टा छुट्टै स्थानमा भएका दुर्घटनामा काठमाडौंको शंखरापुर नगरपालिका ५ पालुवारीका ४० वर्षीय शंखर भोलोन तामाङ र धनकुटाको खोलीखर्क गाँउपालिका ७ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका २ झौखेल बस्ने ३९ वर्षीया ओम कुमारी श्रेष्ठको मृत्यु भएको हो। 

शुक्रबार दिउँसो २ बजेतिर चागुँनारायण नगरपालिका ६ बाख्रीगाँउ स्थितमा नगरकोटबाट तेलकोटतर्फ आउँदै गरेको प्रदेश ०३–०२–००९ प ५५०३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको थियो। 

मोटरसाइकल सडकबाट करिव २० मिटर तल खस्दा शंखर गम्भीर घाइते भएका थिए। 

उपचारको लागि सुस्मा मेमोरियल अस्पताल साँखु काठमाडाैं लगिएकोमा उपचारकै क्रममा दिउँसो साढे ३ बजे मृत्यु भएको हो। शव पोष्टमार्टमको लागी भक्तपुर अस्पताल लगिएको छ। 

यस्तै, शुक्रबार अपरान्ह ४ बजेतिर सूर्यविनायक नगरपालिका ७ जोरपाटीमा बनेपाबाट जगातीतर्फ आउदै गरेको बा ४ ख ८९१२ नम्बरको बसलाई बा ९९ प ३४८५ नम्बरको स्कुटीले ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाँदा स्कुटी चालक ओमकुमारी श्रेष्ठ गम्भीर घाइते भएकी थिइन्।

उनलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा अस्पताल पुर्याउनासाथ मृत घोषणा गरिएको थियो।

वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले दुवै सवारी साधन र बस चालक भक्तपुर नगरपालिका २ ईताछेका ४१ वर्षीय दयाराम देशेमरुलाई नियन्त्रणमा लिएको छ। उनलाई वृत्त जगातीको हिरासतमा राखिएको भक्तपुर प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .