ad ad

समाज


१ सय ३७ जना प्रहरी कार्यालय सहयोगीका लागि भर्ना खुल्यो

१ सय ३७ जना प्रहरी कार्यालय सहयोगीका लागि भर्ना खुल्यो

नेपालखबर
माघ २७, २०७९ शुक्रबार १७:१, काठमाडौँ

नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी कार्यालय सहयोगी पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल १ सय ३७ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ। 

जसमध्ये भान्छेतर्फ ८२ जना, हजामतर्फ १५ जना, सिलाई/बुनाईतर्फ १० जना र कुचिकारतर्फ ३० जनाका लागि दरखास्त आह्वान गरिएको हो।

उक्त पदका लागि जिल्ला प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज बाँके) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ।

नयाँ भर्ना हुन इच्छुक व्यक्तिले फागुन १ गतेदेखि ३० गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन्।

भर्ना सम्बन्धी विस्तृत विवरण सहितको सूचना नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .