राजनीति


कानुनले काम गरेको भए नेपालको धेरै नेता अहिले जेलमा हुन्थे : चन्द्र भण्डारी

कानुनले काम गरेको भए नेपालको धेरै नेता अहिले जेलमा हुन्थे : चन्द्र भण्डारी

फाइल तस्बिर


नेपालखबर
माघ २७, २०७९ शुक्रबार १७:६, काठमाडौँ

नेपाली कांग्रेसका सांसद चन्द्रप्रसाद भण्डारीले नेपालमा नेताहरुलाई कानुन नलागेको बताएका छन्। 

शुक्रवार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले नेपालमा कानून लागेको भए अहिले आफूलाई भगवान ठान्ने नेताहरु सबै जेलमा हुने बताए। 

भण्डारीले नेपालको कानुनले नेताहरुसमक्ष आत्मसमर्पण गरेको बताए 

उनले आफूहरु लडेर ल्याएको प्रणालीमा सबै फूलहरु फुल्न पाउने भन्दै विवेकशील साझा पार्टी लगायत वैकल्पिक शक्तिहरुले देशका लागि काम गर्न आवश्यक रहेको बताए।

‘हामीले जे सोचेर राजनीतिमा लागेका थियौँ। यिनै नेता ईश्वर हुन् भन्ने लागेको थियो, यिनका निम्ति हाम्रो समाज, हाम्रो संस्कृति, हाम्रो सम्बन्ध तहसनहस पार्‍यौं', उनले भने, 'तर नेपालमा कानूनले काम गरेको भए हामीले मानेका धेरै नेताहरु जेलमा हुन्थे। नेपालमा कानुनले काम नै गरेन। यो एउटा पक्ष छ। हामीले ल्याएको प्रणालीमा सबै फूलहरु फुल्नसक्ने व्यवस्था हामीले गरेका छौँ।’

सांसद भण्डारीले युवा नेताहरु पार्टीमा नबोलेकोप्रति असन्तोष व्यक्त गरे। उनले युवाहरुमा अहिले आफ्नो पार्टीमा भएको चुनौतिको समाधान गरी देश बनाउने सपना बनाउनुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .