काठमाडौंको लाजिम्पाटमा निर्माणाधीन घरबाट खस्दा एक जनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका २६ लाजिम्पाटस्थित निर्माणाधीन घरको सातौं तलाबाट खसेर सोही घरमा काम गर्ने दाङ राप्ती गाउँपालिका २ घर भएका ३७ वर्षीय श्रीपाल चौधरीको मंगलबार मृत्यु भएका हो।
खसेर गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको काठमाडौं प्रहरीले जानकारी दिएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
222
Shares

प्रतिक्रिया