बैंकिङ कसुरमा संलग्न एक जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ। नेपाल बैंकका पूर्वशाखाप्रबन्धक भूपराज कोइरालालाई ब्युरोले गत ११ गते पक्राउ गरेको हो।
उनीविरुद्ध नेपाल बैंककै प्रधान कार्यालय मानवस्रोत व्यवस्थापन विभागका मुख्य प्रबन्धक दिपेन्द्र राज काफ्लेले जाहेरी दिएका थिए। कोइरालाले डिल्लीबजार शाखामा शाखा प्रबन्धक रहँदा बैंकलाई नभएको दायित्व सृजना गराई अनुचित लाभ लिएको आरोप लागेको छ।
कोइराला नेचा सल्यान गाउँपालिका १ स्थायी घर भई भक्तपुर सूर्यविनायक नगरपालिका ४ मा बस्दै आएका छन्। उनलाई उच्च अदालत पाटनमा पेस गरी सात दिनको म्याद थप गरेर सीआईबीले बैंकिङ कसुरमा आवश्यक अनुसन्धान गरिरहेको छ।
3
Shares

प्रतिक्रिया