समाज


‘सुदूरपश्चिम र कर्णालीमा वर्षा’

‘सुदूरपश्चिम र कर्णालीमा वर्षा’

फाइल।


नेपालखबर
माघ १४, २०७९ शनिबार १४:५७, काठमाडौँ

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार आइतबार अपरान्हदेखि देशको पश्चिम क्षेत्रबाट बादल भित्रिने र सुदूरपश्चिम तथा कर्णाली केही स्थानमा हल्का वर्षाको सम्भावना छ। आज बिहान तराईका भू–भागमा हुस्सु÷कुहिरो लागेको थियो। 

‘पश्चिमी न्यून चापीय प्रणालीको असर पश्चिमी भेगमा पर्ने देखिन्छ। आइतबार अपरान्हदेखि सुदूरपश्चिम र कर्णालमा बदली भइ हल्का वर्षाको सम्भावना छ। आइतबार र सोमबार मौसम बिग्रिए पनि उक्त बादल क्रमशः पश्चिमबाट मध्यभेगतिर प्रवेश गर्ने भए पनि वर्षा गराउने भने देखिँदैन’, मौसमविद् अधिकारीले भने।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १ मा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad