सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकलाई राजनीतिक अस्थिरताको दुश्चक्रममा फसाउने कोशिस भइरहेको टिप्पणी गरेका छन्।
एमालेद्वारा शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘शहीद स्मृति कार्यक्रम’मा बोल्दै उनले मुलुकमा देखा परेको राजनीतिक अस्थिरताको खेललाई सही बाटोमा अघि बढाउन आफ्नो पार्टी दृढ संकल्पित रहेको समेत बताए।
‘राजनीतिक अस्थिरतको दुश्चक्र कायम गर्ने जुन कोशिस गरिएको छ। त्यसलाई नेकपा एमाले सफलतापूर्वक सामना गर्दै अघि बढ्न तयार छ।’ पोखरेलले भने।
महासचिव पोखरेलले नेपाली राजनीतिमा देखा परेका पछिल्लो राजनीतिक परिस्थितिप्रति आफ्नो पार्टी गम्भिर रहेको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक सामना गरेर अघि बढने दाबी गरे।
‘अहिले नेपाली राजनीतिमा जुन प्रकारका अस्थिरताका खेलहरु भइरहेका छन,’ पोखरेलले भने, ‘नेकपा एमाले त्यसप्रति अन्त्यन्त गम्भिर छ। र, सचेततापूर्वक त्यसलाई सही बाटोमा अघि बढाउनका लागि दृढ संकल्पित रहेको कुरा यहाँ उल्लेख गर्दछु।’
महासचिव पोखरेलले एमालेले शहीदहरुको सम्मानमा कमी आउन नदिने गरी मुलुकलाई अघि बढाउने प्रयास गरिरहेको पनि बताए।
Shares

प्रतिक्रिया