समाज


काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री, अन्य स्थानमा कति?

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री, अन्य स्थानमा कति?

नेपालखबर
पुस १३, २०७६ आइतबार ३:४६,

आज (आइतबार) काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस रहेको मौसमविद्ले जानकारी दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आइतबार दोस्रोपटक बिहान पौने ९ बजे गरिएको मापनमा काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री देखिएको हो।

यसअघि बिहान साढे ६ बजे पनि काठमाडौंको तापक्रम यति नै देखिएको थियो। तर अन्तर्राष्ट्रिय मापदण्डअनुसार दोस्रोपटक अर्थात् बिहान ८ः४५ मा लिइएको तापक्रम नै आजको आधिकारिक न्यूनतम तापक्रम मानिन्छ।

हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस थियो।

याे पनि : काठमाडौंको तापक्रम आज केही बढ्यो

आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लाको माइनस ५.५ (अर्थात् –५.५) छ। त्यसपछि दोस्रोमा काठमाडौं नै पर्छ।

यसपछि क्रमशः वीरेन्द्रनगरको २.४, दिपायल र ताप्लेजुङको समान २.६, डडेल्धुराको २.७, दाङको ३.५, पोखराको ३.७, ओखलढुंगाको ५.०, धनकुटाको ५.८, धनगढी र सिमराको समान ७.०, भैरहवाको ७.५, विराटनगरको ७.६ र सबैभन्दा बढी न्यूनतम तापक्रम नेपालगन्जको ८.० डिग्री सेल्सियस छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad