झापामा २ जना एउटै पासोमा मृतक फेला परेको छन्। कचनकवल गाउँपालिका ४ केचनाका अन्दाजी २५ वर्षीय राजेशकुमार गणेश र सोही ठाउँकी १८ वर्षीया पवित्रा राजवंशी मृतक फेला परेका हुन्।
चियाबारीस्थित रुखमा एउटै पासोमा झुण्डिएको अवस्थामा फेला परेको झापाका प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।
उनीहरू पहिलेदेखि नै प्रेममा रहेको खुलेको छ।
घटनास्थल हेर्दा आत्महत्या जस्तो देखिएको र थप अनुसन्धान भइरहेको एसपी रेग्मीले बताए।
माघ १०, २०७९, मंगलबार
प्रतिक्रिया