समाज


पन्ध्र किलो बढी चरेससहित दुई पक्राउ

पन्ध्र किलो बढी चरेससहित दुई पक्राउ

नेपालखबर
माघ ७, २०७९ शनिबार २२:१६, काठमाडौँ

कञ्चनपुरका दुई जनालाई प्रहरीले १५ किलो पाँच सय २० ग्राम लागुऔषध चरेससहित पक्राउ गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले गोप्य सूचनाका आधारमा बझाङ केदारस्यु गाविस वडा नं ७ घरभै भीमदत्त नगरपालिका–३ तिलकपुर बस्ने करन धामीलाई जाँच गर्दा उहाँको साथबाट चरेस बरामद गरेको हो।

धामीलाई सोधपुछ गर्दा चरेस शुक्लाफाँटा नगरपालिका–१२ देखतभूली बस्ने महेशप्रसाद भट्टलाई समेत बिक्री वितरण गरेको बताएपछि भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले बताए।

भट्टको साथबाट ७६ ग्राम लागुऔषध चरेस बरामद भएको उनको भनाइ छ। चरेससहित पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धानको कार्य गरिरहेको छ। दुवै जनालाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरे पनि आजमात्रै जानकारी गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad