लुम्बिनी


कपिलवस्तुमा बस पल्टिँदा साइकलयात्रीको मृत्यु

कपिलवस्तुमा बस पल्टिँदा साइकलयात्रीको मृत्यु

नेपालखबर
माघ ८, २०७९ आइतबार ६:३१, कपिलवस्तु

कपिलवस्तुमा बस पल्टिँदा एक जनाको मृत्यु भएको छ। शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा बस पल्टिँदा शुद्धोधन–३ गुलरी बस्ने वर्ष ३० का विन्दकुमार कहारको मृत्यु भएको प्रहरीले जनाएको छ। 

शनिबार लु १ ख ४२२६ नं को बसले ट्याक्टरलाई ठक्कर दिँदा अनियन्त्रित भई साइकलयात्री कहारलाई ठक्कर दिएको हो।

लु ४ त ५४११ नं को ट्याक्टरले ठक्कर दिँदा साइकलयात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए।

बसमा सवार ६ जना र ट्याक्टरमा सवार २ जना घाइते भएका छन्। बस र ट्याक्टर चालक फरार रहको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad