समाज


नेपाली दूतावास युएईका कर्मचारीद्वारा पत्रकारमाथि दुर्व्यवहार

नेपाली दूतावास युएईका कर्मचारीद्वारा पत्रकारमाथि दुर्व्यवहार

सांकेतिक तस्बिर


नेपालखबर
माघ ४, २०७९ बुधबार १४:१७, काठमाडौँ

नेपाल पत्रकार महासंघ युएई शाखाका सदस्य एवं महाप्रतिवाद राष्ट्रिय साप्ताहिकमा कार्यरत पत्रकार कृष्णबहादुर कुँवरलाई युएईस्थित नेपाली दूतावासका कर्मचारीले दुर्व्यवहार गरेका छन्।

दूतावासका कर्मचारीद्वय डिल्लीराम शर्मा र पीआरओ इरफान आलमले पत्रकार कुँवरलाई दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।

युएई शाखाका अनुसार १२ जनवरी २०२३ (पुस २८ गते) का दिन नेपालीलाई पासपोर्ट नवीकरणका लागि पीडितलाई सहयोग गर्ने तथा समाचार संकलनसमेत गर्ने उद्देश्यले दूतावास पुगेका पत्रकार कुँवरलाई महासंघको परिचयपत्र देखाएर पत्रकार रहेको परिचय दिँदादिँदै दूतावासका कर्मचारीद्वय शर्मा र आलमले परिचयपत्र र मोबाइलसमेत ४ घण्टासम्म नियन्त्रणमा लिएर स्थानीय प्रहरी बोलाएर पक्राउ गराउने धम्की दिई युएईको परिचयपत्र (ईमिरेट्स आईडी कार्ड) जफत गरी मानसिक तनाव दिएका थिए। 

‘नेपालबाट रोजगारी वा अन्य कुनै प्रयोजनले युएई पुगेका नेपालीहरूको समस्या र उनीहरूको आवाजलाई सम्बन्धित निकायमा पुर्‍याउन भूमिका निर्वाह गर्दै आएका नेपाली पत्रकारमाथि नेपाली दूतावासकै कर्मचारीबाट भएको यस्तो हर्कत अत्यन्त निन्दनीय र प्रेसविरोधी काम हो’ महासंघले भनेको छ।

महासंघले प्रेसविरोधी यस्ता कार्यमा संलग्न कर्मचारीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइ यस्ता हर्कत नदोरिनेतर्फ गम्भीर हुन तथा युएईमा रहेका नेपाली र नेपाली पत्रकारको सुरक्षा र समस्याका सवालमा गम्भीर हुन परराष्ट्र मन्त्रालय र युएईस्थित नेपाली दूतावासको ध्यानाकर्षण गराएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad