ad ad

समाज


बलात्कार मुद्दामा पल शाहलाई तनहुँ अदालतको सफाइ

बलात्कार मुद्दामा पल शाहलाई तनहुँ अदालतको सफाइ

नेपालखबर
माघ ३, २०७९ मंगलबार १८:१७, काठमाडौँ

नाबालिग गायिका बलात्कार मुद्दामा थुनामा रहेका अभिनेता पल शाहले सफाइ पाएका छन्। 

जबरजस्ती करणीको मुद्दामा थुनामा रहेका पल शाहको मुद्दामा अभियोग दाबी नपुग्ने भन्दै जिल्ला अदालत तनहुँले मंगलबार सफाइ दिएको हो। 

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा मुद्दाको अन्तिम सुनुवाइपछि उक्त फैसला भएको हो।

दुवै पक्षबाट मंगलबार दिनभर बहस भएको थियो। जिल्ला अदालत तनहुँका स्रेस्तेदार मिनबहादुर कुँवरले शाहलाई सफाइ दिने फैसला भएको बताएका छन्। 

'पल शाहले यस अदालतबाट सफाइ पाएका छन्। यसमा चित्त नबुझे नेपाल सरकार उच्च अदालत जाने बाटो छ', उनले नेपालखबरसँग भने, 'यहाँबाट पललाई कुनै पनि सजाय र जरिवाना तोकिएको छैन। फैसलाको पूर्ण पाठ आउन भने समय लाग्छ।'

यो मुद्दा यसअघि पटक पटक पेशी तोकिए पनि स्थगित हुँदै आएको थियो। पलविरुद्ध नाबालिग गायिकालाई बलात्कारको आरोप लागेको थियो। 

तर पछि पीडित भनिएकी किशोरीले नै अदालतमा बयान फेर्दै जाहेरी झुटो भएको बताएकी थिइन्। 

पीडितले जाहेरी फेरेर होस्टाइल भए पनि नवलपुर अदालतले पललाई यस्तै मुद्दामा अढाइ वर्ष कैदको फैसला गरेको छ। 

जबरजस्ती करणीको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपायोगको मुद्दामा उनलाई नवलपुरमा सजाय सुनाइएको थियो

नवलपुरले भदौ २१ गते फैसला गरेको थियो। गत फागुन ११ गते शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो।

गत वर्ष फागुन १५ गते आफैँ प्रहरी कार्यालय पुगेका पल त्यसयता थुनामै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .