समाज


अपराध अनुसन्धानमा अझ बढी केन्द्रित हुन प्रहरी महानिरीक्षकको निर्देशन

अपराध अनुसन्धानमा अझ बढी केन्द्रित हुन प्रहरी महानिरीक्षकको निर्देशन

नेपालखबर
माघ २, २०७९ सोमबार १९:४, काठमाडौँ

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले हालै सरुवा भई विभिन्न कार्यक्षेत्रमा जान लागेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई अपराधको सफल अनुसन्धानमा अझ बढी केन्द्रित भएर लाग्न निर्देशन दिएका छन्।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहमा महानिरीक्षक सिंहले जघन्य अपराध, फरार अपराधी पक्राउलगायत पुराना टुङ्गोमा पुग्न नसकेका अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिए। 

आर्थिकरूपमा पारदर्शिताको नीतिलाई अवलम्बन गर्दै तस्करी नियन्त्रणमा विशेष भूमिका निर्वाह गर्न उनले आग्रह गरे। कार्यक्षेत्रमा गरेको कामको मूल्याङ्कनको आधारमा प्रहरी अधिकृतहरूको पदोन्नति हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले आफूले गरेको कामको मूल्याङ्कन सापेक्षरूपमा देखिने गरी तथ्याङ्कमा हुनुपर्ने र त्यही नै आफ्नो कामको जावफदेहीता रहने उल्लेख गरे।

योग्यताको आधारमा जिम्मेवारी दिइएको भन्दै उनले प्रहरी अधिकृतहरूले उत्कृष्टरूपमा आफ्नो जिम्मेवारी पूरा गर्ने अपेक्षा राखिएको बताए। नेपाल सरकारले अङ्गिकार गरेको समृद्धिसहितको सुशासन एजेण्डालाई नेपाल प्रहरीले पनि प्राथमिकतामा राखेको स्मरण गराउँदै उनले प्रदेश सरकार एवं स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गरी आआफ्नो जिम्मेवारी वहन गर्न सुझाव पनि दिए।

प्रहरीको आचरण एवं व्यवहारलाई थप सुदृढ गर्दै लैजानुपर्ने र आफ्नो मातहतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई उत्प्रेरित गर्दै उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिए।

यही पुस २९ गतेको गृहमन्त्रीस्तरीय निर्णयबाट नेपाल प्रहरीका १७ डिआइजी र २७ एसएसपीको सरुवा भएको थियो। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad