समाज


‘किड्स प्लानेट इन्टरनेशनल’मा ४ विजेता घोषणा

‘किड्स प्लानेट इन्टरनेशनल’मा ४ विजेता घोषणा

नेपालखबर
माघ २, २०७९ सोमबार १४:३०, काठमाडौँ

आगन्तुक रिसोर्ट धुलिखेलमा सम्पन्न ‘किड्स प्लानेट इन्टरनेशनल २०२३’ प्रतियोगितामा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका छन्।

प्रतियोगितामा रिदम दाहालले जुनियर केटा तर्फको शिर्ष उपाधि चुम्दा जुनियर केटी तर्फको शिर्ष उपाधि इप्सु दाहालले हात पारिन्।

त्यस्तै, सिनियर केटातर्फ रिनम राज केसी र सिनियर केटीतर्फ योहाना मानन्धर शिर्ष विजेता घोषित भए। कार्यक्रममा रिदमले लिडरसिप, इप्सुले मोष्ट कन्फिडेन्ट, रिनमले पर्नालिटी र याहानाले फोटोजेनिक उप–शिर्षकको उपाधिसमेत हात पारे।

कार्यक्रममा जुनियर केटातर्फ श्रेयान्स मानन्धर फष्टरनर अफ आदर्श बन्जारा सेकेन्ड रनरअप घोषित हुँदा जुनियर केटीतर्फ सिमरन महत फष्ट रनर अप र निर्जला लामा सेकेन्ड रनरअप भए।

त्यस्तै, सिनियरतर्फ केटातर्फ सक्षम श्रेष्ठ फष्टरनर अप, रोनिश ब्यान्जु श्रेष्ठ सेकेन्ड रनरअप घोषित हुँदा सिनियर केटीतर्फ महारानी साह ठकुरी फष्टरनरअप र प्रिन्सा कुवँर सेकेन्ड रनरअप भए। 

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना रहेको प्रतियोगीतमा सञ्चिता लुईटेल (अभिनेत्री), इन्दु थापा (प्रिन्सिपल, वेलोर इन्टरनेशनल एकडेमी), अशोक पाण्डे (प्रिन्सिपल–सेमरक निस्ट स्कुल), रजना श्रेष्ठ (प्रिन्सिपल– बालबाटिका स्कुल), संजिव महर्जन (निर्देशक –वेभ म्यागजिन), चन्द्र प्रसाद ताजपुरिया (प्रिन्सिपल –प्रगती प्रभात एकडेमी) लगायत निर्णयकमा रहेका थिए।

विद्यालय अध्ययनरत बालबालिकाको प्रतिभा निखार्ने उद्देश्यले आयोजित प्रतियोगितामा थुप्रै प्रतियोगी रहेका थिए। विभिन्न चरणको छनौट पार गर्दै फाइनल सम्मको यात्रा गरेका प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले गरेका थिए। डान्स भने संयुक्त स्थापितको थियो।

प्रतियोगी अभिनय, नृत्य, व्यक्तित्व विकास, स्टेज पफमेन्स, बडि ल्याङ्वेग, कम्युनिकेसन स्केल, सामाजिक उत्तरदायित्व, समय व्यवस्थापन तथा अध्ययन लगायत विभिन्न प्रशिक्षणसहित फाइनल स्पर्धामा उत्रिएका प्रतियोगीको फेसन डिजाइन अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदारले गरेकी थिइन्।

प्रतियोगिताको शिर्ष, फष्ट रअनर अप र सेकेन्ड रनर अपले क्रमस १० हजार ५ हजार ३ हजार नगदका गिफ्ट भौचरका अलवा अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगीतामा सहभागिताको अवसरसमेत प्राप्त गरेका छन्। गिफ्ट भौचर एम्वियन्स लाउन्चको तर्फबाट प्राप्त भएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad