ग्लोबल


युक्रेन युद्ध : आवासीय भवनमा रुसद्वारा मिसाइल हमला, मारिनेको संख्या ३० पुग्यो

युक्रेन युद्ध : आवासीय भवनमा रुसद्वारा मिसाइल हमला, मारिनेको संख्या ३० पुग्यो

रासस
माघ २, २०७९ सोमबार १४:३९, काठमाडौँ

युक्रेनको दक्षिणपूर्वी शहर डिनिप्रोको एउटा आवासीय भवनमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ। 

क्षेप्यास्त्र प्रहारबाट नौ तले भवन आंशिक रूपमा ध्वस्त भएपछि दुई दर्जन भन्दा बढी व्यक्ति अझै बेपत्ता छन्। अहिलेसम्म ३० जनाको मृत्यु भएको पुष्टि भएको छ।

क्षेप्यास्त्र आक्रमणबाट भत्केको बहुतले भवनको माथिल्लो भागबाट बचेकाहरूको उद्धार तथा भग्नावशेषमा जीवितहरूको खोजीका लागि उद्धारकर्मीहरू कठ्याङ्ग्रिँदो चिसोमा निरन्तर खटिरहेका थिए। 

शनिबार भएको घातक आक्रमणलाई विफल पार्न युक्रेनले धेरै प्रयास गरेको थियो। 

रुसले प्रहार गरेका ३३ वटा क्रुज मिसाइलमध्ये २१ वटालाई युक्रेनले खसालेको जनाएको छ। 

दुई दिन लामो अघोषित युद्धविराम समाप्त भएसँगै रुसले राजधानी किएभ र खार्किभको उत्तरपूर्वी क्षेत्रलाई पनि निशाना बनाएर आक्रमण गरिरहेको छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad