ad ad

समाज


श्रीमतीलाई बन्चरो प्रहार गरी फरार व्यक्ति मृत फेला

श्रीमतीलाई बन्चरो प्रहार गरी फरार व्यक्ति मृत फेला

नेपालखबर
पुस २७, २०७९ बुधबार १५:२५, काठमाडौँ

दुई दिनअघि श्रीमतीलाई बन्चरो प्रहार गरी फरार भएका व्यक्ति मृत फेला परेका छन्।  

नुवाकोटको ककनी गाउँपालिका २ चित्रेका ३९ वर्षीय काले भन्ने माइला तामाङ मंगलबार मृत फेला परेका हुन्। 

पुस २५ गते घरायसी विवादका काराण उनले श्रीमती ३५ वर्षीया निरमाया तामाङलाई बन्चरो प्रहार गरी घाइते बनाएका थिए। टाउकोमा गम्भीर चोट लागेकी निरमायाको उपचार भइरहेको छ। 

तर घटनापछि फरार भएका माइला तामाङ मंगलबार दिउँसो ककनी गाउँपालिका १ नयाँबस्तीस्थित चाउथे जाने भित्री सडकमा मृत अवस्थामा फेला परेका हुन्।

उनको हत्या भएको आशंका गरिएको नुवाकोटका प्रहरी प्रवक्ता डीएसपी रुपक खड्काले बताए। माइलाको हत्या आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। उनीहरुमाथि अनुसन्धान भइरहेको डएिसपी खड्काले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .