ad ad

समाज


भारतको पन्जाबमा तीन नेपालीको मृत्यु, दुई घाइते

भारतको पन्जाबमा तीन नेपालीको मृत्यु, दुई घाइते

दुर्घटनाग्रस्त कार।


नेपालखबर
पुस २५, २०७९ सोमबार ०:३, काठमाडौँ

दुर्घटनामा परी भारतको पन्जाबमा तीन नेपाली युवाको मृत्यु भएको छ भने अन्य दुई नेपाली युवा घाइते भएका छन्। 

घटना दुईदिन पहिलेको हो। तीव्र गतिमा रहेका कारको ठक्करबाट सडकमा पैदल हिँड्दै गरेका ती नेपालीको पन्जाबको भुल्लार गाउँमा मृत्यु भएको हो। 

भारतीय दैनिक ट्रिब्युनका अनुसार मृत्यु हुनेमा रोहित आचार्य, दिलन थापा र सन्तोष थापा छन्। भुल्लारस्थित एक विवाह पार्टी प्यालेसमा कामदार रहेका उनीहरु सबै २५ वर्षमुनिका छन्। त्यस्तै घाइते हुनेमा रोहित थापा र समीर चौहान छन्। 

ट्रिब्युनले सो घटनाबारे समाचारमा जनाएअनुसार कार चालकले नियन्त्रण गुमाएपछि सो दुर्घटना भएको थियो। 

कारले नेपालीहरुलाई किचेपछि सडक छेउको पर्खालमा ठोकिँदै रुखमा गएर बजारिएर रोकिएको थियो। कारमा रहेका व्यक्ति पनि घाइते भएका छन्। 

पञ्जाव प्रहरीले उक्त घटनाबारे छानबिन सुरु गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .