ad ad

मधेस


हरिवनमा पहिलोपटक खाना महोत्सव आयोजना

हरिवनमा पहिलोपटक खाना महोत्सव आयोजना

नेपालखबर
पुस २५, २०७९ सोमबार ६:५७, काठमाडौँ

हरिवन चेम्बर अफ कमर्शले आइतबार हरिवन बजारमा खाना महोत्सव आयोजना गरेको छ।

स्थानीय जातजातिका मौलिक परिकार तथा स्थानीय कृषि उपजको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको चेम्बर अफ कमर्श हरिवन शाखाका अध्यक्ष कृष्णओम पोतेले जानकारी दिए।

हरिवन नगरपालिका ११ स्थित पूर्व–पश्चिम राजमार्ग छेउमै आइतबार साँझ सञ्चालित महोत्सवमा ठूलो संख्यामा स्थानीयवासी सहभागी भएका थिए।

महोत्सवमा मगर, थारु, तामाङसहित विभिन्न जातजाति विशेषका परिकार राखिएको थियो।

त्यसैगरी हरिवन ८ स्थित महादेव जनता नमूना माविका विद्यार्थीले उत्पादन गरेका विभिन्न थरीका तरकारी पनि महोत्सवमा बिक्रीका लागि राखिएको थियो।

खाना महोत्सवमा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी, उपमेयर हरिमाया घलानसहितका जनप्रतिनिधि र स्थानीयको ठूलो उपस्थिति थियो।

स्थानीय किसानको उत्पादन र स्थानीय जातजातीका परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष पोतेले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .