प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्योतिषी टीकाराम घिमिरेले जुराएको साइतमा सरकारी निवास बालुवाटार सरेका छन्।
उनी घिमिरेले हेराएको साइतमा साँझ ५ बजे खुमलटारबाट निस्किएका थिए।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार बिहान घिमिरेले जुराएकै साइतमा बालुवाटारबाट धुम्बाराही सरेका थिए।
सरकारी कर्मचारीले बालुवाटारस्थित सरकारी निवासको चाबी प्रचण्ड पुत्री एवम् स्वकीय सचिव गंगा दाहाललाई हस्तान्तरण गरे।
शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले बालुवाटारको चाबी गंगालाई हस्तान्तरण गरेका हुन्।
प्रचण्ड बालुवाटार प्रवेश गर्दा छोरी गंगासँगै उनका पति जीवन आचार्य पनि थिए।

609
Shares

प्रतिक्रिया