ad ad

समाज


सरकारको विरोध गरेको भन्दै जर्मन विद्यार्थीलाई भारत छाड्न आदेश

सरकारको विरोध गरेको भन्दै जर्मन विद्यार्थीलाई भारत छाड्न आदेश

नेपालखबर
पुस ९, २०७६ बुधबार ८:८,

भारत सरकारले प्रस्तुत गरेको नागरिकता कानुन केही हप्ता अगाडि संसदबाट पारित भएको थियो।

उक्त कानुन मुसलमान विरोधी भएको भन्दै मुसलमान समुदायले सरकारको विरोध गरिरहेका छन् भने स्थानिय नागरिकले नयाँ कानुनले ठूलो संख्यामा आप्रवासी देशमा भित्रिने हुँदा आफूहरु चेपुवामा पर्ने भन्दै सरकारको विरोध गरिरहेका छन्।

यसबीचमा जर्मनका विद्यार्थी जो भारतमा फिजिक्स अध्ययन गरिरहेका छन् उनी पनि सरकारविरुद्धको आन्दोलनमा सहभागी भएका थिए। ज्याकोब लिडेन्थल आन्दोलनमा सहभागी भएसँगै उनलाई भारतको अध्यागमन विभाले देश छाड्न आदेश दिएको हो।

उनी मद्रासको आइआइटी क्याम्पसमा अध्ययनरत छात्र हुन्। अध्यागमन विभागले उनलाई देश छाड्न आदेश दिएपछि उनले भारत सरकार नाजी चरित्रको भएको बताउँछन्।

उनी भन्छन्,‘मैले नैतिक समर्थन गर्दै आन्दोलनमा सहभागी भएको थिए।’ ज्याकोब लिडेन्थलले अब जर्मनीमै गएर पढाई पुरा गर्ने बताएका छन्।

भारतको संसद्ले गैरकानुनी रूपमा अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट आउने गैरमुस्लिम आप्रवासीहरूलाई नागरिकता दिने प्रावधान भएको नागरिकता विधेयक पारित गरेपछि त्यहाँ विवाद मच्चिएको हो।

प्रदर्शनका क्रममा २० भन्दा बढीको मृत्यु भइसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .