समाज


मकवानपुरको ठिङ्गनमा देखियो आगोको मुस्लो, प्रहरी जाँदै

मकवानपुरको ठिङ्गनमा देखियो आगोको मुस्लो, प्रहरी जाँदै

नेपालखबर
पुस ९, २०७६ बुधबार ६:४१,

मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकास्थित सुकाैरा र बकैया गाउँपालिका १२ ठिङ्गनकाे सीमामा ठूलो आगोको मुस्लो देखिएको छ। त्यहाँ कुनै दुर्घटना भएको आशंकामा प्रहरी टोली सो स्थानतर्फ लागेको छ।

मकवानपुरको चौघडा चौकीबाट प्रहरी टोली त्यसतर्फ लागेको मकवानपुरका एसपी मुकेश सिंहले जानकारी दिए। सो स्थानमा पुग्न दुई घण्टा लाग्ने उनले बताए।

सो ठाउँ साबिक सुकौटा गाविसमा पर्छ। स्थानीय जनप्रतिनिधि हिदम लामाले पनि सो स्थानमा आगोको मुस्लो देखिएको बताए।

सो स्थानमा विमान दुर्घटना भएको भन्दै सामाजिक सञ्जालमा हल्ला पनि चलेको छ।

तर, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने विमान दुर्घटनाको कुनै सूचना आफूलाई नआएको जानकारी दिए।

त्रिभुवन विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले पनि सबै विमान सम्पर्कमा रहेको बताए। 'दुर्घटनाको हल्ला आएपछि टावरहरुमा सम्पर्क नै गरेको थिएँ। कुनै त्यस्तो जानाकारी आएको छैन,' उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad