समाज


मेरो मुद्दा अनुसन्धानमा प्रहरीलाई हस्तक्षेप गर्दिनँ : गृहमन्त्री लामिछाने

मेरो मुद्दा अनुसन्धानमा प्रहरीलाई हस्तक्षेप गर्दिनँ : गृहमन्त्री लामिछाने

गृहमन्त्री लामिछाने


नेपालखबर
पुस ११, २०७९ सोमबार १८:१०, काठमाडौँ

नागरिकता विवादको अनुसन्धानमा प्रहरीलाई कुनै हस्तक्षप नगर्ने नवनियुक्त गृहमन्त्री रवि लामिछानेले बताएका छन्। 

सोमबार पदभार ग्रहणपछि गृह मन्त्रालयमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै लामिछानेले भने, ‘म, ऊ, यो सबैलाई बराबर ढंगले हेरेर कुनै विभेद नगरीकन न्याय सम्पादन गर्ने अधिकार आजै बाट छ। चाहे म हौं चाहे अरु हुन् क्याबिनेटका अरु मन्त्रीहरु हुन्। सचिवज्युहरु हुनुहुन्छ कर्मचारी ज्युहरु हुनुहुन्छ कसैसँग विभेद नगरी स्वतन्त्र ढंगले हरेक कुराको निस्पक्ष छानविन गर्ने अधिकारमा मेरो सहयोग बाहेक कुनै पनि किसिमको हस्तक्षप हुँदैन। कुनै पनि किसिमको कम्प्रमाइज हुँदैन।’

क्याबिनेटभित्र पनि प्रतिपक्षको आवश्यकता पर्ने भएकाले रास्वपा क्याबिनेटभित्र पनि प्रतिपक्षको भूमिकामा रहने दाबी गरे। यी कुरा सत्ता गठबन्धनका सबै शीर्ष नेताहरुसँग निश्चित गरेर मात्रै रास्वपा सरकारमा सहभागी भएको उनको दाबी छ। 

‘क्याबिनेटका अरु मन्त्रीले जे निर्णय गरे त्यसमा हो मा हो थप्न हामी सरकारमा सहभागी भएका होइनौं। यसअघि हामीले जनतामाझ बाचा पत्र सार्वजनिक गरेका छौं। ती बाचा पुरा गर्ने सामुहिक प्रतिवद्धता केही दिनमा सार्वजनिक पनि गर्छौं’, गृहमन्त्री लामिछानेले भने, ‘ती प्रतिवद्धता पूरा गर्ने साझा नीति बनाएर अगाडि बढ्ने सम्झौता गरेर हामी यो सरकारमा आएका हौं। पदका लागि मात्रै आएको होइन, हाम्रा एजेन्डाहरु आएका छन्। गठबन्धनका दलहरु बसेर हामी सार्वजनिक गर्छौं।’

सञ्चारकर्मीको रुपमा काम गर्दा सबैभन्दा धेरै काम गर्नु पर्ने निकाय गृह प्रशासन देखेकै कारण आफूले यो मन्त्रालय रोजेको उनको भनाइ छ। 

नागरिकताको वैधानिकतामाथी प्रश्न उठाउँदै सर्वोच्चमा मुद्दा विचाराधीन छ। प्रहरीले पनि यहि विषयमा छानविन गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .