समाज


नापी अधिकृतसहित १४ जनाविरुद्ध आरोपपत्र दायर

नापी अधिकृतसहित १४ जनाविरुद्ध आरोपपत्र दायर

नेपालखबर
पुस ५, २०७९ मंगलबार २१:५२, काठमाडौँ

नापी कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन नापी अधिकृत ध्रुवराज मरासिनी र विन्देश्वर यादव, सर्वेक्षक तथा प्रथम तहका जग्गाधनीसहित १४ जनाविरुद्ध भ्रष्टाचार कसुरमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियमविपरीत बदनियत राखी व्यक्तिगत लाभ लिने उद्देश्यका साथ जग्गाधनीसँग मिलेमतो गरी सरकारी सार्वजनिक कुलोको फायल नक्सा बनाउँदा व्यक्ति विशेषको जग्गामा घुसाएको देखिएकाले सजाएको माग दाबी गर्दै आज आरोपपत्र दायर गरेको हो।  

रुपन्देहीको साविक दूधराक्ष गाविस ७ (क) र वडा २ (क) को जग्गा नापी कार्यालयका कर्मचारी तथा जग्गाधनीसमेत सार्वजनिक कुलो व्यक्ति विशेषको नाममा कायम गरेको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उनीहरूको मिलेमतो रहेको पाइएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

आयोगले भित्री ग्राभेल सडक भएको जग्गाको न्यूनतम मूल्याङ्कनअनुसार घुसाएको जग्गाको रु १० लाख ६५ हजार दुई सय पाँच बराबरको सरकारी सार्वजनिक जग्गासहित फाइल नक्सा तयार गर्ने नापी कार्यालयका कर्मचारी र जग्गा खरिद खरिद बिक्री गर्ने व्यक्तिलाई सजायको माग दाबी गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .