समाज


चोरीको मोटरसाइकलसहित दुई व्यक्ति नियन्त्रणमा

चोरीको मोटरसाइकलसहित दुई व्यक्ति नियन्त्रणमा

नेपालखबर
पुस ३, २०७९ आइतबार १५:२९, काठमाडौँ

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरीको मोटरसाइकलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

चोरीको मोटरसाइकलसहित नियन्त्रणमा उनीहरुलाई सवारी साधनसहित ट्राफिक प्रहरीले आइतबार जिल्ला प्रहरी परीसर जावलाखेल, ललितपुरमा बुझाएको छ।  

रामेछापको दोरम्बा ५ घर भई हाल भक्तपुर बस्ने २२ वर्षीय रिदम बहादुर थापा मगर र सोही स्थान घर भई हाल काठमाडौंको सुन्धारा बस्ने २१ वर्षीय प्रेम थापा मगरलाई चोरीको मोटरसाइकल सहित आवश्यक कारबाहीको लागि आजै परिसर जावलाखेल बुझाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

धादिङको थाक्रे गाउँपालिका ७ घर भइ हाल ललितपुरको ललितपुर महानगरपालिका ९ मंगलबजार बस्ने कञ्चन खत्रीले बाग्मति प्रदेश–०२–०१६ प ६०२९ नम्बरको पल्सर २२० सीसीको मोटरसाइकल हराएको भनि २०७९ असोज ६ गते निवेदन दर्ता गराएका थिए।

खोजतलास गर्ने क्रममा वास्तविक नम्बर परिवर्तन गरि बागमती प्रदेश–०२–०१९ प ९५६४ नम्बर प्रयोग गरी मोटरसाइकल चलाउँदै गर्दा हिजो अपरान्ह साढे ४ बजे ललितपुरको ताल्छिखेलबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो। 

यस आर्थिक वर्षको मंसिर मसान्तसम्ममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएको १९४ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल, स्कुटर) खोजतलासका क्रममा फेला पारी सम्बन्धित धनिलाई हस्तान्त्रण गरिसकेको छ। यस्तै चोरीका १९ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित नियन्त्रणमा आएका १९ जनालाई पनि आवश्यक अनुसन्धान तथा कारबाहीका लागी सम्बन्धित प्रहरी परिसर एवम् वृत्तमा बुझाइएको छ। 

प्रवक्ता भट्टले ट्राफिक प्रहरीले हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रणका कार्य निरन्तर गर्दै आएता पनि, यस्ता कार्यलाई नियन्त्रण गर्न स्वयं सवारी धनी पनि विशेष सजग हुनुपर्ने र सवारी चालक पनि थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र सवारी साधन पार्किङ गर्ने, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्ने सकेमा चोरी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्नसक्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad