समाज


एकीकृत भन्सार जाँच केन्द्रलाई थप प्रभावकारी बनाउन छलफल

एकीकृत भन्सार जाँच केन्द्रलाई थप प्रभावकारी बनाउन छलफल

नेपालखबर
मंसिर २७, २०७९ मंगलबार १६:५९, काठमाडौँ

नेपाल र भारतबीच सीमा नाकामा रहेका एकीकृत भन्सार जाँच केन्द्रहरूलाई थप सशक्त एवम् प्रभावकारी बनाउन अन्तरनिकाय छलफल कार्यक्रम सम्पन्न भएको छ।

पर्सास्थित एकीकृत भन्सार जाँच केन्द्रको सभाहलमा मंगलबार भएको छलफलमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र वीरगंज भन्सार कार्यालय, पर्साका प्रमुख भन्सार प्रशासक नवराज ढुंगाना लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा भन्सार कार्यालय एवम् एकीकृत भन्सार जाँच केन्द्रका अधिकृतहरूको सहभागितामा उक्त छलफल कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल भारतबीच भन्सार नाकाबाट भित्रिएका सामानहरूको चेकजाँचमा कडाई गरी राजश्व संकलनलाई बढोत्तरी गर्न प्रभावकारी अन्तरनिकाय समन्वय र सहकार्य सुनिश्‍चित गर्ने, राजश्व संकलनमा आउनसक्ने समस्याहरू पहिचान गरी निराकरणका उपायहरू पहिल्याउने, भन्सार छली नियन्त्रणमा कडाई गर्ने सम्बन्धमा वृह्‍त छलफल भएको थियो।

सीमा क्षेत्रमा बनाइएका गोदामहरूलाई नियमित रूपमा चेकजाँच गर्ने, आकस्मिक निरीक्षण गर्ने र अनधिकृत एवम् गैरकानुनी रूपमा नेपाल भित्र्याइएका सामानहरूलाई कानुन बमोजिम कारबाही गरी राजश्व संकलनलाई परिणाममुखी बनाउने लगायतका विषयहरूमा समेत छलफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad