महिला आयोगले न्यायिक लडाइँ लडिरहेकी बिनु यादव र उनलाई साथ दिएकी जस्मिन ओझाको शान्ति सुरक्षाको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय रामेछापलाई आग्रह गरेको छ।
महिला आयोगले प्रशासनलाई पत्र लेख्दै बिनु यादव पीडित रहेको मुद्दाको यही मंसिर २७ गते रामेछाप जिल्ला अदालतमा बकपत्र रहेको हुँदा पीडितहरुलाई शान्तिपूर्ण रुपमा बकपत्र सम्पन्न गर्ने वातावरण मिलाइदिन र शान्ति सुरक्षा प्रदान गरिदिन आग्रह गरेको छ।
आयोगका अनुसार काठमाडौं जिल्ला बस्ने जस्मिन ओझालाई बिनु यादवको न्यायिक लडाइँमा साथ दिइरहेकोमा उनको र पीडित यादवको जिउज्यानको असुरक्षा भएको जानकारी आयोगलाई प्राप्त भएको छ।
39
Shares

प्रतिक्रिया