ad ad

राजनीति


रेशमलाई रिहा गर्न अध्यादेश ल्याउने सरकारको तयारी गलत : गगन थापा

रेशमलाई रिहा गर्न अध्यादेश ल्याउने सरकारको तयारी गलत : गगन थापा

फाइल तस्बिर


नेपालखबर
मंसिर २६, २०७९ सोमबार १४:५९, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टीकापुर घटनामा मुख्य दोषी ठहर भएर डिल्ली बजार जेलमा रहेका रेशम चौधरीलाई रिहा गर्न अध्यादेश ल्याउन गरेको सरकारको तयारीलाई गलत भनेका छन्। 

उनले सरकारले गरेको गलत निर्णयको भारी पार्टीले बोक्न नसक्ने भन्दै अध्यादेशबारे कांग्रेसको धारणा स्पष्ट रहेको पनि बताएका प्रष्ट पारेका छन्। 

महामन्त्री थापाले विगतमा पार्टीले पटक–पटक अध्यादेश ल्याउनु गलत भनेर निर्णय गरिसकेको स्मरण गराउँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै भएको छ।’ 

सरकारको अध्यादेश ल्याउने निर्णयको विषय र प्रक्रियाका बारेमा महामन्त्री विश्वप्रकाश शर्माले राखेको धारणा शत प्रतिशत सही भएको उल्लेख गर्दै उनले उक्त धारणा पार्टीकै धारणा र मान्यता भएको पनि स्पष्ट पारेका छन्।  

के भने गगनले?
– अध्यादेश कानुनी, राजनीतिक र नैतिक हिसावले समेत गलत छ। यो असंवैधानिक र अलोकतान्त्रिक र संसदीय व्यवस्थाको मर्म विपरित छ।

– अहिलेको सरकार कामचलाउ हो, यसले दुरगामी महत्वको निर्णय गर्न मिल्दैन। अध्यादेश ल्याउन कानुनी र संवैधानिक हैसियत यो सरकारलाई छैन। यसको विषय र मनसाय गलत छ।

– अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिन मिल्दैन। यो राजनीतिक विषय हो भन्ने लागेर आवश्यकता देखे नयाँ संसदले कानून बनाएर प्रक्रिया अगाडि बढाउन सक्छ। 

– अदालत र संसदको क्षेत्राधिकारको विषयमा कार्यपालिकाले हस्तक्षेप गरेको छ, त्यसैले सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .