ad ad

समाज


‘आगामी तीन दिनसम्म मौसम सामान्य’

‘आगामी तीन दिनसम्म मौसम सामान्य’

नेपालखबर
पुस ७, २०७६ सोमबार २:४५,

आज (सोमबार) देशका अधिकांश स्थानमा घाम लाग्ने मौसमविद्ले अनुमान गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला देशको पश्चिमी उच्च पहाडी भेगमा आंशिक बदली छ भने देशका बाँकी स्थानमा सामान्यया मौसम सफा छ।

अहिले बिहान तराई क्षेत्रमा हुस्सु/कुहिरो लागे पनि त्यो दिउँसोपछि हटेर जाने महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए।

अहिले देशको पहाडी क्षेत्रमा थोरै बादल देखिए पनि आज देशभरजसो घाम लाग्ने उनको अनुमान छ।

‘अहिले काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा पनि घाम लागेकै अवस्था छ,’ उनले नेपालखबरसँग भने, ‘तराईमा लागेको हुस्सु/कुहिरो पनि दिउँसोपछि हट्ने भएकाले त्यहाँ पनि घाम लाग्ने देखिन्छ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन।

आगामी तीन दिनसम्म मौसम सामान्य रहने र केही स्थानमा आंशिक बदली भए पनि कतै हिमपात वा वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।

तर तराई क्षेत्रमा हुस्सु/कुहिरो लाग्ने क्रम जारी रहेकामले चिसोबाट भने बच्न मौसमविद्ले सुझाव दिएका छन्।

यसैबीच आज बिहान गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस पुगेको वरिष्ठ मौसमविद् पौडेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .