ad ad

छापा खबर


सुकुमबासी बन्दै कमलाखुँजका किसान

सुकुमबासी बन्दै कमलाखुँजका किसान

नेपालखबर
पुस ७, २०७६ सोमबार २:३३,

सिन्धुलीको दुधौली नगरपालिका–३ का कृषक चोक्ता दनुवारलाई अहिले कमलाखुँज फाँटमा अरूको धान फल्ने खेत देख्दा मन लोभिएर आउँछ।

कुनै बेला उनी आफ्नो भएको एक बिघा खेत हेरेर दङ्ग पर्थे। त्यो खेत अहिले कमला नदीको बगर बनेको छ।

कमलाखुँज क्षेत्रमा कमला नदीको बाढीले बर्सेनि उर्वर भूमि कटान गरेपछि सयौँ भूमिपति कृषक दनुवार जस्तै सुकुमबासी भएका छन्।

स्थानीय कृषकका अनुसार कमलाखुँज क्षेत्रको फाँटमा रहेका बाँकी खेत पनि नदी कटानबाट सुरक्षित छैनन्। यो अबर आजको गोरखापत्र दैनिकमा सिन्धुलीबाट बाबुराम देवकोटाले लेखेका छन्।

कमला नदीको कटानको समस्याबाट दुधौली नगरपालिकाअन्तर्गत हत्पते, निपाने, हर्षाही, टाँडी, सिर्थौलीलगायतका ठाउँका कृषक प्रभावित हुँदै आएका छन्।

कमला नदी कटानको समस्या बढ्दो रूपमा देखा परेको दुई दशकभन्दा बढी भए पनि त्यसलाई नियन्त्रण गर्न कुनै पनि निकायबाट प्रभावकारी काम हुन नसक्दा भूमिपतिका कृषकहरू सुकुमबासीमा परिणत हुने क्रम बढ्दै गएको छ।

तत्कालीन भूमिपति कृषक दुधौली नगरपालिका–९ का रामप्रसाद दनुवार आफ्नो दुई बिघा खेत २०४१ र २०५० सालमा कमला नदीमा आएको बाढीले बगाएपछि आफू सुकुमबासी भएको बताउँछन्।

अहिले १२ जनाको परिवार मजदुरी गरेर पालिँदै आएका उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .