ad ad

समाज


निर्माणाधीन सडकको प्रगति बुझ्न डिभिजन कार्यालय पुगिन् सांसद सोबिता

निर्माणाधीन सडकको प्रगति बुझ्न डिभिजन कार्यालय पुगिन् सांसद सोबिता

नेपालखबर
मंसिर २०, २०७९ मंगलबार १५:४४, काठमाडौँ

काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोबिता गौतमले निर्माणाधीन सडकलाई गति दिन छलफल थालेकी छन्। 

उनी आफ्नो क्षेत्रमा निर्माण भइरहेका सडकको प्रगतिबारे छलफल गर्न डिभिजन कार्यालय, काठमाडौं पुगेकी हु्न्। 

काठमाडौं निर्वाचन क्षेत्र नं २ का ६ वटा डकको निर्माण, सुधार, र मर्मतको प्रगतिबारे उनले सडक डिभिजन कार्यालय प्रमुख नारायण प्रसाद निहुरेसँग छलफल गरेकी हुन्।

त्यहाँ उनले ती सडक निर्माणबारे इन्जिनियर तुलाकान्त चैधरीसँग पनि छलफल गरेकी छन्। 

काठमाडौं २ का यी सडक
१) साँखु - बज्रयोगिनी - चौकिभन्ज्याङ - धारापानी - पटाप - कुण्डेश्वर सडक (निर्माणाधीन) 

२) साँखु - फड्केश्वर सडक (निर्माणाधीन ) 
३) जर्सिङ्पौवा - भोटेचौर सडक (सम्झौता चरणमा ) 
४) मूलपानी - ब्रह्मखेल सडक (निर्माणाधीन) 
५) बोडे - मूलपानी - क्रिकेट ग्राउण्ड - गोकर्ण सडक (निर्माणाधीन) 
६) पेप्सीकोला - मूलपानी - पिपलबोट सडक (निर्माणाधीन)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .