ad ad

समाज


प्रचण्ड पत्नी सीता हरिद्वारस्थित बाबा रामदेवको योगपीठमा

प्रचण्ड पत्नी सीता हरिद्वारस्थित बाबा रामदेवको योगपीठमा

नेपालखबर
पुस ४, २०७६ शुक्रबार १०:२४,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी श्रीमति सीता दाहाल हरिद्वारस्थित पतन्जली योगपिठमा आयुर्वेदिक उपचार गराइरहेको उनको परिवारले जनाएको छ।

सो योगपिठमा उपचारका क्रममा सीता दाहालसँग बाबा रामदेव र आचार्य बालकृष्णसँगै रहेको उनकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्।

दुई वर्षअघि उनका एकमात्र छोरा प्रकाशको अप्रत्याशित मृत्यु भएपछि सीता दाहालको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको हो।

पूर्वप्रधानमन्त्री प्रचण्डले उनलाई उपचारका लागि अमेरिका, सिंगापुर, युएईलगायत विदेशस्थित स्वास्थ्य संस्थामा समेत लगिसकेका छन्।

त्यस्तै उनले स्वास्थ्य उपचारकै लागि सीतालाई म्याग्दीको तातोपानीमा पनि लगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .