ad ad

समाज


फुलचौकी जंगलमा हराएका चार विद्यार्थी ११ घण्टापछि फेला

फुलचौकी जंगलमा हराएका चार विद्यार्थी ११ घण्टापछि फेला

नेपालखबर
कात्तिक २७, २०७९ आइतबार १४:४३, काठमाडौँ

शनिबार दिउँसोदेखि ललितपुरको फुलचौकी जंगलमा हराएका चार विद्यार्थी फेला परेका छन्।

राष्ट्रिय निर्माण मावि मूलपानी काठमाडौंका कक्षा ११ र १२ का १२५ जना विद्यार्थी र ९ जना शिक्षक शनिबार फुलचौकी घुम्न गएका थिए।  

बिहान ७ बजे गएका उनीहरु दिउँसो २ बजे फर्किने बेलामा चार जना विद्यार्थी सम्पर्कमा आएनन्। विद्यार्थी फेला नपरेपछि विद्यालयले साँझ ७ बजे प्रहरीलाई खबर गरेको थियो।

प्रहरी निरीक्षक दीपक केसीको कमाण्डमा खटिएको २० जना प्रहरीको टोलीले राति १ बजे उजीहरुलाई फेला पारेको ललितपुर प्रहरीले जानकारी दिएको छ।

उनीहरु छोटो बाटो हिँड्न खोज्दा जंगलमा हराएका थिए। दिनभरी शिक्षक र विद्यार्थीले खोजतलास गर्दा पनि फेला नपारेपछि प्रहरीलाई खबर गरेका थिए। 

हराउनेमा खोटाङको बुईपाका नारायणकुमार भट्टराई, अर्घाखाँचीका अशोक विक, दोलखाका अर्जुन विक र मकवानपुरको हेटौडाका रमेश विष्ट रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .