काठमाडौँ महानगरपालिकाले खुलारूपमा आगो बाल्ने तथा फोहर जलाउने काममा प्रतिबन्ध लगाएको छ।
खुला रूपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता कार्यले वायु प्रदूषण बढेर जनस्वास्थ्यसमेतमा प्रतिकूल असर गर्ने भएकाले यस्तो निर्णय महानगरले लिएको हो।
महानगरपालिकाले शुक्रबार जारी गरेको सार्वजनिक सूचनामा देशको राजधानीसमेत रहेको सहर प्रदूषित बनेको गुनासो आएकाले यस्तो काममा प्रतिबन्ध लगाइएको जनाएको छ।
लामो समयदेखि महानगर क्षेत्रमा आगो बाल्ने तथा फोहर जलाउने देखिएकाले रोक लगाइएको प्रवक्ता नवीन मानन्धरले बताए।
महानगरपालिका वरपरका नगरपालिकामा पनि खुलारूपमा आगो बाल्ने र फोहर जलाउने गरिएको छ।
प्रतिबन्धका बावजुद यस्ता काम कहीँकतै कसैले गरेमा महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही हुने जारी सूचनामा उल्लेख गरिएको छ।
Shares

प्रतिक्रिया