ग्लोबल


चिनियाँ राष्ट्रपति एपेक र जी ट्वेन्टी सम्मेलनमा सहभागी हुँदै

चिनियाँ राष्ट्रपति एपेक र जी ट्वेन्टी सम्मेलनमा सहभागी हुँदै

फाइल तस्बिर


रासस
कात्तिक २५, २०७९ शुक्रबार १९:२६, काठमाडौँ

चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईवटा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने भएका छन्। 

यही कात्तिक २९ र ३० गते इण्डोनेशियाको बालीमा हुने विश्वका प्रमुख विकसित र उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टी शिखर सम्मेलनमा सी सहभागी हुनु भएका हुन्।

राष्ट्रपति सी थाइल्याण्डमा हुने एशिया प्रशान्त– आर्थिक सहयोग सम्मेलन (एपेक) बैठकमा पनि सहभागी हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बताएका छन्। 

कोभिड–१९ को महामारी र चिनियाँ कम्युनिष्ट पार्टीबाट महासचिवमा पुनः निर्वाचित भएपछि हुन लागेको यो भ्रमणले चीन र उदीयमान अर्थतन्त्र भएका देशको सम्बन्धलाई अझ सघन तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। 

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र अन्य नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रवक्ता झाओले बताएका छन्। 

राष्ट्रपति सीले सत्तारुढ कम्युनिष्ट पार्टीको नेताका रूपमा तेस्रो पाँच वर्षको कार्यकाल पाएपछि  अमेरिका र अन्य शाक्तिराष्ट्रका नेतासँग व्यापारलगायत क्षेत्रीय एवम् अन्तर्राष्ट्रि चासोबारे छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad