ad ad

समाज


डोटी भूकम्पका ६ तस्बिर

डोटी भूकम्पका ६ तस्बिर

नेपालखबर
कात्तिक २३, २०७९ बुधबार १३:५४, काठमाडौँ

डोटीमा मंगलबार राति भूकम्प जाँदा धनजनको क्षति भएको छ। 

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ टाढा गाउँमा घर भत्किँदा एकै परिवारका तीन जनासहित ६ जनाको मृत्यु भएको हो। 

मंगलबार राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा घर भत्किएर ३० वर्षीया भगवतीदेवी बोहरा, उनका छोरी १३ वर्षीया सीता बोहरा र छोरा ७ वर्षीय हर्क बोहराको मुत्यु भएको हो। 

यस्तै भूकम्पले घर भत्किएर ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र १६ वर्षीया धनसरी बोहराको मृत्यु भएको डोटीका डीएसपी भोला भट्टले जानकारी दिए।

हेर्नुहोस् डोटी भूकम्पका ६ तस्बिर :

१. डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँमा भूकम्पले घर  भत्काएपछि  पुरिएका घरका सामान  निकाल्दै  स्थानीय

 

२. भूकम्पबाट घर क्षति भएपछि बाहिर आँगनमा खाना पकाउँदै  डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँका स्थानीय 

३. भूकम्पबाट घर क्षति भएपछि बाहिर आँगनमा बसेका डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँका स्थानीय

४. डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँमा भूकम्पले क्षति पुर्‍याएको घरबाट सामान निकाल्दै सुरक्षाकर्मी

५. डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँमा भूकम्पले घर  भत्काएपछि  पुरिएका घरका सामान  निकाल्दै  स्थानीय

६. भूकम्पबाट घर क्षति भएपछि बाहिर आँगनमा झिटीगुन्टासहित बसेकी डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँकी स्थानीय

सबै तस्बिर : रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .