ad ad

समाज


प्रदुषणका कारण मलेसियाको एकै राज्यका चार सय विद्यालय बन्द

प्रदुषणका कारण मलेसियाको एकै राज्यका चार सय विद्यालय बन्द

नेपालखबर
असार १०, २०७६ मंगलबार ८:५६,

मलेसियामा वायु प्रदुषणका कारण विद्यार्थीहरुको स्वास–प्रस्वासमा समस्या देखिन थालेपछि त्यहाँका सैयौं विद्यालय बन्द गरिएको छ।

मलेसियन राज्य जोहोरमा ७५ जना विद्यार्थीमा गम्भिर समस्या देखिएपछि त्यहाँको चार सय विद्यालय बन्द गरिएको बीबीसीले उल्लेख गरेको छ।

औद्योगिक क्षेत्र पासिर गुदाङमा आगामी बिहीबारसम्मका लागि दर्जनौं स्कूलहरु बन्द गरिएका छन्।

File photo of students at a Shah Alam school

उद्योगहरुबाट निस्किएको रसायन तथा उद्योगका धुवाँका कारण त्यहाँको वातावरण निकै घातक बनेको बताइएको छ। त्यहाँ गत मार्च महिनामा ४ हजारभन्दा बढी बालबालिका विमारी भएका थिए।

अधिकारवादी संस्थाहरुका अनुसार मलेसियाका उद्योगहरुले अवैध रुपमा उद्योगबाट निस्किएका फोहोर रसायनहरु खोलामा फ्याँक्छन्। यसकै कारण त्यहाँका बालबालिकामा गम्भिर समस्याहरु देखा परेका हुन्।

Image result for malaysia pollution

जोहोर राज्यका मुख्यमन्त्री डाक्टर सरुदिन जमालका अनुसार विद्यार्थीहरुमा स्वास–प्रस्वासको समस्या देखिएको छ। उनीहरुमा वान्ता आइरहने समस्या देखिएको छ। हाल सबैको उपचार भइरहेको छ।

मंगलबार मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले त्यहाँका उद्योगहरुविरुद्ध गम्भिर कदम चाल्ने बताएका छन्। अवैधानिक रुपमा खोलामा फोहोर फ्याँक्ने उद्योगहरु बन्द गरिने बताइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .