समाज


लमजुङकी पत्रकार चाँदनी अधिकारीको डेंगु संक्रमणबाट निधन

लमजुङकी पत्रकार चाँदनी अधिकारीको डेंगु संक्रमणबाट निधन

नेपालखबर
कात्तिक १६, २०७९ बुधबार १५:०, काठमाडौँ

रेडियो भोटेवडार ९०.८ मेगाहर्ज, लमजुङकी समाचारवाचिका एवम् पत्रकार चाँदनी अधिकारीको डेंगु संक्रमणको कारण निधन भएको छ।

प्रेस सेन्टर नेपाल लमजुङ जिल्ला समितिकी सचिवसमेत रहेकी चाँदनीको चितवनमा उपचारका क्रममा बुधबार (कात्तिक १६ गते) विहान निधन भएको प्रेस सेन्टरले जनाएको छ। 

प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले ‘अधिकारीको निधनले पत्रकारिता जगतले एक असल र कुशल पत्रकार गुमाएको’ बताएका छन्। 

शोक विज्ञप्तिमा उनले ‘लमजुङले एक योग्य र भरभराउँदो प्रतिभा गुमाएको’ भन्दै गहिरो दुःख प्रकट गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad